• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मध्यपूर्वमा तनाव चर्किँदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • ६ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • ६ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • ७ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • ७ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • २. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ४. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ६. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ७. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

लक्की फिल्म अबार्डमा `उपहार´लाई चार अवार्ड

admin २०८२, असार, १३

चितवन । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ

लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो । 

आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ का अनुसार चलचित्र उपहारले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड प्राप्त गरेको हो ।

चलचित्र उपहारले उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकार विधामासमेत अवार्ड प्राप्त गरेको कार्कीले बताए । 

उत्कृष्ट गायिकातर्फ चलचित्र उपहारको ‘वा वा वा..’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकतर्फ चलचित्र उपहारकै निर्देशक ज्ञानेन्द्र देउजा र उत्कृष्ट सङ्गीतकारतर्फ ‘कहिल बार बिर्सन्छु’ बोलेको गीतका लागि अर्जुन पोखरेलले अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ट छायाँकारतर्फ चलचित्र ऐँचो पैँचोबाट पुरुषोत्तम प्रधान तथा उत्कृष्ट नव निर्देशकतर्फ चलचित्र ऐँचो पैँचोकी निर्देशक कृषा चौलागाईंलाई अवार्ड प्रदान गरिएको छ ।

लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड नायक प्रदीप खड्का चलचित्र पुजार सार्कीका लागि गरिएको कार्कीले बताए। उत्कृष्ट सम्पादकको अवार्डसमेत पुजार सार्कीकै सम्पादक भरत रेग्मीलाई प्रदान गरिएको कार्कीको भनाइ छ । 

त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरका लागि केकी अधिकारी एवम् उत्कृष्ट गायकको अवार्ड चलचित्र दिमाग खराबमा ‘माया’ बोलको गीतका लागि सुगम पोखरेललाई प्रदान गरिएको छ । 

यसैबीच, लक्की मिडिया हाउसले समाजमा विभिन्न तरिकाले योगदान पुर्याएका विभिन्न नौ जना व्यक्तिलाई समेत सम्मान गरेको छ ।

भरतपुरको डल्फिन फनपार्कमा आयोजित कार्यक्रममा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दैै पत्रकार आनन्द पोखरेललाई सम्मानित गरिएको उनले बताए।

करिब डेढ दशकदेखि पत्रकारिता कर्ममा रहनु भएका पोखरेल सञ्चारपत्र दैनिकको कार्यकारी सम्पादक एवम् राष्ट्रिय समाचार समिति (रासस) को समाचारदाताको रुपमा कार्यरत छन्।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधितर्फ भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतो, सामाजिक अभियान्तातर्फ भरतपुर-८ का पूर्ववडाध्यक्ष नारायण प्रसाद कँडेल, युवा उद्यमीतर्फ डल्फिन फन पार्कका सञ्चालक सुवेदार सन्तलाल गुरुङ,  शिक्षातर्फ ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठ, चिकित्सकतर्फ डा.विष्णुप्रसाद सुवेदी, कलाकारतर्फ मौसमी मल्ल एवम् सीता गुरुङ  र खेलकुद र शिक्षाबाट समाजमा योगदान पुर्याए वापत सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लाई सम्मानित गरिएको कार्कीले जानकारी दिए। 

लक्की मिडिया हाउसले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रको प्रिमियर शो, रेड कार्पेड शो, विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको कार्कीले बताए।

फिल्मी अवार्डलाई बर्सेनि निरन्तरता दिँदै अगाडि लैजाने कार्कीको भनाइ छ । 

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमकी अध्यक्ष एवम् लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्की, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम मिडियाले गरेको भन्दै लक्की मिडिया हाउसको प्रशंसा गरे । उनले राष्ट्रिय कलाकारले देशको कला र संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धनमा भूमिका खेलेका भन्दै उनीहरुको उचित संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्कीले नेपालमा मानिस मरेपछि सम्मान गर्ने परम्परा रहेको भन्दै मानिस जीउँदै हुँदा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताईन् ।

स्रष्टालाई राज्यबाट सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले कलाकारहरुको प्रतिभा प्रष्फुटन र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने बताईन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

मध्यपूर्वमा तनाव चर्किँदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.