बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राधा मोहन प्रसाद जैसवाल पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहनप्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ।
गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा फेला पारिएको हो। प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए।
मधेश प्रदेशको रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति काठमाडौं जिल्ला अदालतबाट जारी भएको थियो। फरार रहेकाले उनले विदेश भाग्न सक्ने सम्भावना रहेको भन्दै गौशाला प्रहरी वृत्त अन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागमा पत्राचारसमेत गरेको थियो।
हाल जैसवाललाई आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले बताए।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


