बारामा २१२ किलो बढी गाँजाबोकेको पिकअप सहित ४ जना पक्राउ
बारा । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।
हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिवार बिहान साढे ८बजे ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानिपुर गाउँपालिका ५ स्थित गण्डक नहरको सडक खण्ड अन्तर्गत चेकप्वाइन्टमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा धानको भुषभित्र लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए ।
गाडीका चालक मकवानपुर, थाहा नगरपालिका ४ तालुङका २८ वर्षीय रबि कार्की, सोही गाडीमा सवार मकवानपुर, टिसटुङ १२ का ४६ वर्षीय बिर बहादुर गोले, हेटौडा उपमहा नगरपालिका १४ का २३ वर्षीय साजन मुक्तान र धादिङ, थाक्रे गाउँपालिका ७ का ३१ वर्षीय महेश तामाङ पक्राउ गरिएको एसपी तामाङ्गले जानकारी दिएका छन्।
पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
