अब शिक्षा बाहेकका संकायका विद्यार्थीलाई पनि शिक्षक लाइसेन्सको अवसर
काठमाडौं । अब विद्यालय शिक्षकहरूले पाठ्यक्रम परिर्वतन भएमा वा प्रत्येक पाँच वर्षमा अनिवार्य रूपमा पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ। आज ९आइतबार० सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले तीन तहका सरकार — संघ, प्रदेश र स्थानीय तह — लाई पुनर्ताजगी तालिमको जिम्मेवारी दिने विषयमा सहमति जुटाएको छ। यसले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास समितिले व्यक्त गरेको छ।
त्यस्तै, समितिको आजको बैठकले शिक्षा संकाय बाहेकका स्नातकलाई पनि शिक्षक सेवा प्रवेश ९लाइसेन्स० परीक्षामा सहभागी हुने अनुमति दिने निर्णय गरेको छ। विद्यालय तहको शिक्षक बन्न अब जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले अध्ययन अनुमतिपत्र ९लाइसेन्स० परीक्षा दिन सक्नेछन्।
विद्यालय शिक्षा विधेयकमा यी व्यवस्था समावेश गरी समितिले प्रतिवेदनसहित विधेयकलाई आजै संसद्मा पेस गर्ने तयारी गरेको छ। विधेयक पारित भएमा शिक्षक व्यवस्थापन र तालिम प्रणालीमा व्यापक सुधार आउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक हरित ऊर्जा साझेदार बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
