देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७
काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर पनि हो।
कम्पनीका अनुसार, यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो।
टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो।
यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गर्यो।
१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड जी७ ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो।
यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो। कठिन उकालो मार्गहरूमा समेत जी७ को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने, १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकतामा थप अनुभूती गर्न सकिन्छ ।
यो ऐतिहासिक यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा थियो। यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु होइन, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो। विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड जी७ ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४ वाई ४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको जनाइएको छ।
यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासँगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट संकेत दिएको कम्पनीले बताएको छ।
एमएडब्लू वृद्दि कमर्शियलबारे
एमएडब्लू वृद्दि कमर्शियल भेइकल प्रा. लि. नेपालको व्यावसायिक सवारी क्षेत्रको प्रमुख कम्पनी हो। यसले भरपर्दो, शक्तिशाली र आधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रदान गर्दै आएको बताइएको छ।
कम्पनीका अनुसार,फोटोन ब्रान्डका गाडीहरूका लागि नेपालमा आधिकारिक वितरकको रूपमा एमएडब्लू वृद्दिले नेपाली सडक र व्यवसायका आवश्यकता अनुरूपका उत्कृष्ट प्रविधि र सेवाहरू ल्याएको छ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित यो कम्पनीले नेपालको व्यावसायिक यातायात क्षेत्रलाई अगाडि बढाउँदै लैजाने लक्ष्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
