• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ बैशाख २०८३, बिहीबार
३१ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • २१ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • २१ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • २२ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • २३ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • २४ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • १ दिन 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • १ दिन 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • २. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ३. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ४. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ५. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

  • ६. लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

  • ७. दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

  • ८. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ९. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • १०. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

जानकारी केन्द्र २०८२, असार, १७

काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर पनि हो।

कम्पनीका अनुसार, यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो।

टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो।

यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गर्यो।

१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड जी७ ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो।

यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो। कठिन उकालो मार्गहरूमा समेत जी७  को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ।

बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने, १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकतामा थप अनुभूती गर्न सकिन्छ ।

यो ऐतिहासिक यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा थियो। यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु होइन, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो। विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड जी७ ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४ वाई ४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको जनाइएको छ।

यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासँगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट संकेत दिएको कम्पनीले बताएको छ।

एमएडब्लू वृद्दि कमर्शियलबारे
एमएडब्लू वृद्दि कमर्शियल भेइकल प्रा. लि. नेपालको व्यावसायिक सवारी क्षेत्रको प्रमुख कम्पनी हो। यसले भरपर्दो, शक्तिशाली र आधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रदान गर्दै आएको बताइएको  छ।

कम्पनीका अनुसार,फोटोन ब्रान्डका गाडीहरूका लागि नेपालमा आधिकारिक वितरकको रूपमा एमएडब्लू वृद्दिले नेपाली सडक र व्यवसायका आवश्यकता अनुरूपका उत्कृष्ट प्रविधि र सेवाहरू ल्याएको छ।

ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित यो कम्पनीले नेपालको व्यावसायिक यातायात क्षेत्रलाई अगाडि बढाउँदै लैजाने लक्ष्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.