श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक
काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १-१ गोल गरे । नेपालले दुवै हाफमा ४-४ गोल गर्यो ।
डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
दोस्रो हाफको ५४औं मिनेटमा गिताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने ६२औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल ६-० ले अघि बढ्यो ।
७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् भने ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् । श्रीलंकाले भने खेलभर एउटा फितलो प्रहार बाहेक कुनैपनि मौका बनाउन सकेन ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।
लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।
आजै घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । यदी उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
