एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
काठमाडौं । एमएडब्लु वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक ईभी डेडिकेटेड सर्भिस सेन्टर सञ्चालन गर्न लागेको बताएको छ।
ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउन शहरका प्रमुख स्थानमा नयाँ सर्भिस सेन्टर सञ्चालन गर्न लागिएको हो । यी सर्भिस सेन्टरले एमएडब्लुका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यी सर्भिस सेन्टर एमएडब्लु बृद्धिले बिक्री गर्ने दिपाल, डोङफेङ र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनका लागि मात्र समर्पित हुने बताइएको छ ।
कम्पनीका अनुसार, सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस वेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीलाई एकैपटक सजिलो, सुक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछ ।
यस विस्तारसँगै एमएडब्लु वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लु वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय