चार देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले शानदार कमब्याक गरिरहेका छन् । सन् २०२३ मा उनले ३ वटा चलचित्र ल्याए र उनका तीनवटै चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्शनसमेत गर्न सफल भयो ।
अब अभिनेताको फिल्म ‘किङ्ग’ आउँदैछ । जुन फिल्मको छायांकन मे २१ बाट सुरु भइसकेको छ ।
तर, निर्माताहरूले बीचमा ब्रेक लिए। अब यो ब्रेक सकिएको छ र किंगको अर्को कार्यक्रमको छायांकन फेरि सुरु हुन लागेको छ । यसमा एउटा ठूलो अपडेट पनि आएको छ, जसले शाहरुख खानका फ्यानहरूलाई खुसी पार्न सक्छ।
फिल्मको पहिलो शेड्युल मे महिनामा मेहबुब स्टुडियोमा छायांकन गरिएको थियो। यसपछि सुटिङबाट छोटो ब्रेक लिइयो।
अब फेरी यो चलचित्रको छायांकन निकै धमाधम सुरु हुने भएको छ । भारत बाहेक अन्य ३ देशमा पनि यो कार्यक्रम छायांकन हुने भएको छ ।
अगस्टको अन्त्यमा छायांकन सुरु हुनेछ। किंगको सुटिङ हंगेरीको राजधानी बुडापेस्ट, चेक रिपब्लिकको राजधानी प्राग र जर्मनीको राजधानी बर्लिनमा हुनेछ । यसमा एक्सन सीन मात्रै छायांकन हुनेछ । यसका लागि शाहरुख खान र सुहानाले पनि विशेष तालिम लिइरहेका छन् ।
किंगको कुरा गर्ने हो भने यो फिल्म सन् २०२६ मा सिनेमाघरमा रिलिज हुन सक्छ।
यसअघि पठान, वार र फाइटर जस्ता सुपरहिट फिल्म बनाएका सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । २ वर्षअघि उनको शाहरुख खानसँगको फिल्म ‘पठान’ अल टाइम ब्लकबस्टर साबित भएको थियो । अब फेरि यो जोडी इतिहास दोहोर्याउन तयार छ ।
यो फिल्मबाट सुहाना खान सिल्वर स्क्रिनमा डेब्यु गर्दैछिन् । फिल्मको तयारी तिब्र रुपमा भइरहेको छ ।
यस फिल्ममा शाहरुख खान आफ्नी छोरीलाई सपोर्ट गरिरहेका छन् र आफ्नो डेब्यु फिल्मको लागि प्रयास गरिरहेको देखिन्छ ।
यसमा अभिषेक बच्चन मुख्य खलनायकको भूमिकामा देखिने छन् । यसका साथै अनिल कपुर, दीपिका पादुकोण र जयदीप अहलावत पनि फिल्ममा रहने सम्भावना छ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
