सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरिएको हो ।
‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण कार्यक्रममा सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा सांग्रिला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमल विक्रम शाह लगायतको उपस्थिती थियो । गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा. महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विरामीको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यस सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो । आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

