Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, असार, २९
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले पुनः ठूलो परिमाणमा तरलता संकलन गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँसम्मको तरलता उठाउने घोषणा गरेको छ।

राष्ट्र बैंकले ४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता संकलन गर्न लागेको हो। आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा भने ५ करोडको गुणनफल अनुसार निःशेष भाग जाने गरी निर्धारण गरिएको छ।

बोलकबोलका आधारमा तोकिने ब्याजदरमा सावाँ तथा ब्याज भुक्तानी आगामी साउन १ गते हुनेछ। राष्ट्र बैंकका अनुसार, यो निक्षेप संकलन प्रक्रिया बोलकबोल ब्याजदर प्रणालीमा हुनेछ, जसमा बहुब्याजदरको आधारमा पनि प्रस्ताव दिन सकिने व्यवस्था छ।

यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। पछिल्ला दिनमा बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि राष्ट्र बैंकले नियमित रूपमा यस्तो संकलन प्रक्रिया सञ्चालन गर्दै आएको हो। यसले बजारमा सन्तुलन कायम गर्न र मौद्रिक नीति प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स