सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
मुम्बई । बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ। निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ ।
पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन सफल भएको छ । जियो स्टुडियोको च्यानलवाट २९ मिलियन र अजय देवगन फिल्म्सको आधिकारिक च्यानल मार्फत ७७.७ हजार पटक हेरिएको छ । स्लैपस्टिक हास्यले भरिएको ट्रेलरले दर्शकहरूको सकारात्मक प्रतिक्रियाको साथ भेटेको छ ।
सन अफ सरदारको यो सिक्वेलले ट्रेलर भ्युज अत्याधिक कमाएकाले यसको लागि दर्शकहरू प्रतिक्षामा रहेका छन भन्ने देख्न सकिन्छ् ।
विजय कुमार अरोरा द्वारा निर्देशित फिल्म सन अफ सरदारको एक आध्यात्मिक सिक्वेल हो। यसमा अजय देवगनसँगै मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रा, दीपक डोबरियाल, चंकी पाण्डे, नीरु बाजवा, कुब्ब्रा सैत, विन्दु दारा सिंह, मुकुल देवलगायतको अभिनय रहेको छ। देवगन फिल्म्स र जियो स्टुडियोले निर्माण गरेको यो फिल्म २५ जुलाईमा रिलिज हुँदैछ ।
बलिउडका सबैभन्दा धेरै हेरिएका १० ट्रेलरहरूमा नपरेको भए पनि सन अफ सरदार २ ले अक्षय कुमारको हाउसफुल ५ ट्रेलर सहित हालैका धेरै ठूला चलचित्रहरूलाई सहज रूपमा पछाडि पारेको छ, जसको तुलनामा जम्मा ९.५ मिलियन भ्युज बढी गएको छ । यस गतिको साथ सन अफ सरदारः२ यस महिनाको अन्तमा बक्स अफिसमा बलियो ओपनिङको लागि तयार छ।
सबैभन्दा धेरै हेरिएको १० बलिउड ट्रेलरहरूको सूची
१. डंकी– ५८.५ मिलियन
२. स्काईफोर्स– ५७.६५ मिलियन
३. आदिपुरुष– ५२.२ मिलियन
४. सिंघम अगेन– ५२ मिलियन
५. तु झुटा मै मक्कर– ५०.९५ मिलियन
६.एनीमल– ५०..६ मिलियन
७. सिकन्दर ४८ मिलियन
८. भूल भुलैया ३- ४५.९ मिलियन
९. जवान– ४५.६ मिलियन
१०. बेबी जोनः ४५.२ मिलियन
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

