साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ५८ लाख ६० हजार कित्ता शेयरमध्ये पहिलो चरणमा स्थानीय र वैदेशिक श्रमिकहरूका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गर्दैछ। यसमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडाका बासिन्दा, भानु नगरपालिका वडा नं। १ र गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं। ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।
यस्तै, विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर छुट्याइएको छ। उनीहरूले सि–आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म कायम रहनेछ। वैदेशिक श्रमिकका लागि आवेदन अवधि साउन ९ गतेसम्म, वा ढिलोमा साउन २० गतेसम्म रहनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले कम्पनीको कार्यालय तथा सम्बन्धित स्थानीय निकायका कार्यालयहरूबाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। फाराम शुल्क २ रुपैयाँ निर्धारण गरिएको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

