धरहराको सञ्चालन समय थप, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला
काठमाडौं । पुनर्निर्मित धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने भएको छ। शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार अब सार्वजनिक विदाको दिन पनि धरहरा चढ्न पाइनेछ।
हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला हुँदै आएको छ भने बुधबार बन्द गरिँदै आएको छ। अब नागरिकको सुझाव अनुसार सञ्चालन समय बढाइएको हो।
२०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि असोज ३ गते परीक्षणका लागि खुला गरिएको थियो भने मंसिर ९ गतेदेखि शुल्कसहित सर्वसाधारणका लागि खोलिएको हो। धरहराको सशुल्क सञ्चालनको सात महिनामा ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा अवलोकन गरेका छन्।
धरहरा अब विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ अनुसार सञ्चालन हुँदैछ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
