गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ३१ जना प्रधानध्यापकहरुले सामुहिक राजिनामा दिएका छन । सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरले शैक्षिक क्षेत्रमा वेवास्ता गरेको आरोपमा आज नै राजिनामा दिएका हुन ।
दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानध्यापकहरुको छ ।
शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानिय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको वताउदै आधारभूत कार्यहरु समेत गर्न नसकिएको उनिहरुले गुनासो गरेका छन ।
यता नगरले भने प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा राजनिती गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेकाे छ।
नगर प्रमुख दिपेन्द्र महतोले प्रधानाध्यापकहरुले तत्काल राजिनामा फिर्ता नलिए राजिनामा स्वीकृत गरेर नया प्रक्रियामा जाने समेत चेतावनी दिएका छन ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

