भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप
नयाँदिल्ली । मलेरिया एक पुरानो र गम्भीर रोग हो, जसले हरेक वर्ष लाखौं मानिसहरूलाई असर गर्छ। विशेषगरी वर्षायाममा लामखुट्टेको संख्या बढेपछि यो रोग थप फैलिन थाल्छ ।
तर अब भारतले मलेरिया विरुद्धको ठूलो जित हासिल गरेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले देशको पहिलो स्वदेशी मलेरिया खोप तयार गरेको छ, जसलाई AdFalciVax नाम दिइएको छ। यो खोपले विशेष गरी प्लाज्मोडियम फाल्सीपेरम भनिने मलेरियालाई असर गर्छ, जुन सबैभन्दा घातक मलेरिया संक्रमण मध्ये एक मानिन्छ ।
AdFalciVax एक खोप हो, जसले मलेरियाको संक्रमणलाई शरीरमा प्रवेश गर्नु अघि नै रोक्छ। यसबाहेक यो खोपले कसैलाई मलेरिया भएमा भाइरस वा परजीवी शरीरबाट बाहिर निस्किएर अरू कसैमा नफर्कोस् भन्ने कुराको पनि ख्याल राख्छ।
यसको मतलब यसले शरीरलाई मात्र सुरक्षित गर्दैन तर मलेरियाको प्रसारणलाई पनि रोक्छ। यो यस्तो तरिकाले डिजाइन गरिएको छ कि यसले शरीरमा एक प्रकारको प्रतिरोधात्मक क्षमता सिर्जना गर्दछ, जसले मलेरियालाई फेरि शरीरमा प्रवेश गर्न दिँदैन।
यो पूर्णतया भारतमा बनेको छ अर्थात् यो ‘मेक इन इन्डिया’ कार्यक्रममा एक हिस्सा हो। यसको मतलब अब भारतले मलेरियाको खोपका लागि विदेशमा निर्भर रहने छैन र आफ्नो देशमा ठूलो परिमाणमा यसको उपलब्धता सुनिश्चित गर्न सक्षम हुनेछ।
AdFalciVax खोपले भारतमा मलेरियाको रोकथाम र उन्मूलनमा सहयोगी साबित हुने अपेक्षा गरिएको छ। यदि यो ठूलो मात्रामा सफल भयो भने यसलाई विश्व स्तरमा पनि भारतको महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि मानिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हाल यो भ्याक्सिनको प्रि–क्लिनिकल स्टेजको परीक्षण सकिएको छ र सकारात्मक नतिजा आएको छ। अब यसलाई मानिसमा परीक्षणको लागि क्लिनिकल चरणमा लैजाँदैछ। यो चरण करिब दुई वर्षसम्म रहनेछ। यदि यसमा पनि सफलता मिल्यो भने यो खोप देशभरबाट मलेरिया उन्मूलन गर्ने महत्वपूर्ण हतियार बन्न सक्छ ।(आइसीएमआर) र अन्य स्वास्थ्य संस्थाहरूले यसमा निरन्तर काम गरिरहेका छन् ताकि यसलाई जतिसक्दो चाँडो जनतामा पुर्याउन सकियोस्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
