राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
जानकारी केन्द्र
२०८२, श्रावण, ११
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले सुरक्षित तरिकाले नोट छपाइ गर्न इच्छुक कम्पनीहरूसँग प्रस्ताव मागेको हो।
बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट पेश गर्नुपर्नेछ, जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा बुझाउनुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति २०८२ साल भदौ २३ गते तोकिएको छ। राष्ट्र बैंकले छपाइ कार्य सुरक्षित र गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट योग्य कम्पनी छनोट गर्ने जनाएको छ।

सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


