तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताका लागि आज ९आइतबार० अन्तिम मौका हो। कम्पनीले असार १६ गतेदेखि १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता, अर्थात ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको हो।
यस हकप्रदमा जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्, किनकि जेठ ५ गते बुक क्लोज गरिएको थियो। हकप्रद बिक्रीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। आवेदन नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट दिन सकिनेछ।
त्यस्तै, सी–आश्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपश्चात पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

