• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • ८ घण्टा 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
  • १० घण्टा 

Dongfeng Motor has launched Munich design center in European markets
  • ११ घण्टा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • ११ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • १३ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • १३ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १४ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • २. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ४. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ५. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ६. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ७. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ८. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ९. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • १०. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

जानकारी केन्द्र २०८२, श्रावण, १४

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। कर्यक्रमको सञ्चालन नाइमाका कार्यकारी दिर्नेशक राज कुमार दुलालले गरेका थिए भने अटो एक्सपो समितिका सदस्य गौरव सारडाले उद्धघाटन मन्तव्यमा एक्सपोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिँदै अटो एक्सपो समिति प्रमुख शिरिस कुमार मुरारकाले यसपटकको एक्सपो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्बाधारमा गरिएको सुधार उल्लेखनिय रहेको बताए ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने जानकारी दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने जानकारी गराइयो ।

मुख्य प्रायोजन संस्थाहरु–एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।

प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएको १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुस्कार प्रदान गरिने बताइएको छ ।

कार्यक्रमको समापन नाइमाका अक्ष्यक्ष रितु सिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरुलाई धन्यबाद दिँदै ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास ब्यक्त गरिन् । यसका साथै, प्रदर्शनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिइन्।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखी ५ बजेसम्म “ मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्ष्टिच्यूट अफ रोड ट्राफिक एजुकेशनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

“नाइमा मोबिलिटी एक्स्पो २०२५” श्रावण २१ देखी २५ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ५० भन्दा बढी ब्रान्डहरु सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्सपोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गर्ने बताइएको छ ।

  • NAIMA
  • नाइमा
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

ताजा

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

Dongfeng Motor has launched Munich design center in European markets

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.