राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने
जानकारी केन्द्र
२०८२, श्रावण, १५
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो।
सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम ५ करोड रुपैयाँका दरले भाग लगाएर निःशेष भागसम्म स्वीकृति दिइनेछ।
बोलकबोल आज (साउन १५) दिउँसो ३:०० बजे Online Bidding System Software मार्फत हुनेछ। यस निष्कर्षणको साँवा र ब्याज भुक्तानी भदौ २५ गते हुने जनाएको छ।
राष्ट्र बैंकले यस माध्यमबाट प्रणालीमा रहेका अतिरिक्त तरलता नियन्त्रण गरी मौद्रिक सन्तुलन कायम गर्न खोजेको हो।
सम्बन्धित समाचार
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित
काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
