Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, श्रावण, १६
राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।

कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको यो योजना ७ वर्ष अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ । नेप्सेमा यस ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ ‘ नाम र स्टक संकेत ‘आरबिबिडीट ८८’ बाट सूचीकृत गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स