इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध
नयाँदिल्ली । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ।
अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई उकासिरहेको छ, आज संयुक्त राज्यले राजस्वको प्रवाह रोक्नको लागि कारबाही गरिरहेको छ, जसको शासनले विदेशमा आतंकवादलाई समर्थन गर्न र आफ्नै जनतालाई सताउन प्रयोग गर्दछ,’ बिदेश मन्त्रालयले भन्यो ।
यी हुन प्रतिबन्धमा परेका भारतीय कम्पनिः
अलकेमिकल सोल्यूसन्स प्राइवेट लिमिटेडः यो कम्पनीले सबैभन्दा ठूलो आरोपको सामना गरिरहेको छ। अमेरिकाले जनवरी र डिसेम्बर २०२४ बीचमा धेरै कम्पनीहरूबाट ८४ मिलियन भन्दा बढी मूल्यको इरानी मूलको पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप लगाएको छ।
ग्लोबल इन्डस्ट्रियल केमिकल्स लिमिटेडः यो कम्पनी सूचीमा दोस्रो स्थानमा छ। जुलाई २०२४ र जनवरी २०२५ को बीचमा ५१ मिलियन डलरभन्दा बढीको मिथानोल लगायतका इरानी उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।
जुपिटर डाई केम प्राइवेट लिमिटेडः यो भारतमा आधारित पेट्रोकेमिकल व्यापारिक कम्पनी हो। यो जनवरी २०२४ देखि जनवरी २०२५ को बीचमा ४९ मिलियन डलरभन्दा बढी मूल्यको टोल्युइनलगायत इरानी मूलका पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।
रमणिकलाल एस गोसालिया एण्ड कम्पनीः अर्को पेट्रोकेमिकल कम्पनी हो। यसले जनवरी २०२४ देखी जनवरी २०२५ को बीचमा मिथानोल र टोल्युइनसहित २२ मिलियन भन्दा बढीको इरानी उत्पादनहरू आयात र खरिद गरेको जनाएको छ ।
पर्सिस्टेन्ट पेट्रोकेम प्राइभेट लिमिटेडः अमेरिकाले यो कम्पनीले अक्टोबर २०२४ देखि डिसेम्बर २०२४ को बीचमा युएईस्थित कमोडिटी ट्रेडिङ कम्पनी बाब अल बर्शालगायत धेरै कम्पनीहरूबाट इरानी मूलका पेट्रोकेमिकलहरू जस्तै मिथानोलसहित करिब १४ मिलियन डलरको ढुवानी आयात गरेको जनाएको छ।
कञ्चन पोलिमर– यो कम्पनीले तनाईस ट्रेडिङबाट पोलिथिनसहित १३ लाख डलरभन्दा बढीको इरानी मूलका पेट्रोकेमिकल उत्पादन आयात गरी खरिद गरेको आरोप छ ।
यी सबै भारतीय कम्पनीहरूलाई कार्यकारी आदेश १३८४६को धारा ३ (ए) (आइआइआइ) अन्तर्गत इरानबाट पेट्रोकेमिकल उत्पादनहरूको खरिद, अधिग्रहण, बिक्री, ढुवानी वा मार्केटिङको लागि महत्त्वपूर्ण कारोबारमा जानीजानी संलग्नता रहेको भन्दै प्रतिबन्ध लगाइएको जनाइएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
