आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो।
संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड ८८ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष सोही अवधिमा यो आम्दानी ४४ करोड ११ लाख रुपैयाँ मात्र थियो।
सञ्चालन मुनाफा पनि उल्लेखनीय रुपमा बढेर ८ करोड ४९ लाख रुपैयाँबाट ३० करोड १७ लाख रुपैयाँमा पुगेको छ, जुन २५५ प्रतिशतभन्दा बढी वृद्धिदर हो।
चुक्ता पूँजीमा १४.२५ प्रतिशतले वृद्धि हुँदै यो ७३ करोड ३० लाख रुपैयाँ पुगेको छ। संस्थाको जगेडा कोष पनि १३.८६ प्रतिशतले बढेर ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.७० प्रतिशतले बढेको हो।
कम्पनीको कर्जा प्रवाह १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३५ प्रतिशतले बढेको हो। ग्राहक निक्षेप १४.५४ प्रतिशतले वृद्धि भई ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने ऋण संकलन ६ अर्ब ४५ करोड रुपैयाँमा पुगेर ०.९३ प्रतिशतको वृद्धिदर देखिएको छ।
जोखिम नियन्त्रणतर्फ पनि संस्थाले सुधार देखाएको छ। निष्क्रिय कर्जा अनुपात (NPL) ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। त्यस्तै, फण्डको लागत पनि ८.४४ प्रतिशतबाट घट्दै ७.१३ प्रतिशतमा झरेको छ। यद्यपि, पूँजी पर्याप्तता अनुपात भने १०.११ प्रतिशतबाट घटेर ९.९७ प्रतिशतमा झरेको छ।
प्रति सेयर आम्दानी (EPS) ९ रुपैयाँ ३७ पैसाबाट बढेर २८ रुपैयाँ ५५ पैसामा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा कायम भएको छ। कम्पनीको पीई रेसियो ३१.३८ गुणा रहेको छ र हालको बजार मूल्य प्रति सेयर ८९५ रुपैयाँ ८१ पैसा छ।
अझ सशक्त लाभांश क्षमता, कम हुँदै गएको जोखिम र मजबुत सञ्चालन आम्दानीको कारण आशा लघुवित्तको समग्र वित्तीय अवस्था मजबुत दिशातर्फ उन्मुख देखिन्छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

