नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ
काठमाडौं । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली महिलाटोलीले बुधबारको ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।
दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।
नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो ।
समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
