Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिकिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, श्रावण, २२
राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण अन्तर्गत निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम संकलन गर्न लागिएको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बैंकिङ प्रणालीबाट तरलता सोस्ने कार्य गर्दै आएको छ। सोही क्रममा आज पनि निक्षेप संकलन प्रक्रिया अघि बढाइएको हो। यस प्रयोजनका लागि केन्द्रीय बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणात्मक भागमा आवेदन दिन सक्नेछन्। यस निक्षेप संकलनको साँवा तथा ब्याज आगामी भदौ २५ गते भुक्तानी गरिने छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।

Top Changing Nepal

युट्युब सट्स