• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २९, २०८२
बुधबार, साउन २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ७. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • ९. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास

लन्डन । नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ। बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ।

विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए।

कन्सर्टको माहोल बुझ्न दर्शक मन्जरी दवाडी (फेसबुकमा एन्जल मन्जरी) कै भिडियो पोस्टहरू पर्याप्त छन्। भिडियो पोस्टमा उनी हलबाहिर विशाल परिसरको वातावरण र लामबद्ध दर्शक देखाउँछिन्। त्यसपछि हलभित्र दर्शकको अपार उपस्थिति देखेर उनमा उत्साह पनि बढ्दै जान्छ। कन्सर्ट सुरु हुनै लाग्दा प्रस्तुत म्युजिक भिडियोमा बजेको ‘सा कर्णाली’ गीत सुनेपछि र अघिल्तिर नेपालका दृश्यहरू देखेपछि मन थाम्न सक्दिनन्– आँसु बग्छ। त्यसपछि कन्सर्टभरि उनी गीत सुनेर रमाउँछिन्। स्वदेशबाट बाहिरिएका तन्नेरीका लागि नेपाल, नेपाली गीत र नेपथ्यले कति महत्त्व राख्छ भन्ने ज्वलन्त उदाहरण उनका पोस्टहरूमा बगेका सरल र हृदयस्पर्शी भिडियो बन्न पुगेका छन्।

सदाझैँ घडी देखाएर तोकिएको समयमै सुरु भएको कन्सर्टमा ब्यान्डले पहिलो सौगात ‘कोशीको पानी’ प्रस्तुत गरेको थियो।

चौथो क्रम मा थियो ‘आँगनैभरि’।

नेपथ्य स्थापना हुनुभन्दा निकै पहिले गायक अमृत गुरुङले यस गीतलाई कास्कीको याङ्जाकोटमा बस्दा रचना गरेका थिए। त्यस गाउँमा बास दिने बाल्यकालका साथी पुस्कल गुरुङ यस गीतको रचनाका साक्षी पनि हुन्।

लन्डनमा शनिबार यो गीत प्रस्तुत भइरहँदा दर्शकदीर्घामा पुस्कल पनि उपस्थित थिए। ‘गाउँमा आफ्नै अघिल्तिर गितार बजाउँदै अमृतले तयार पारेको यस गीतले झन्डै ३५ वर्षपछि पनि लन्डनको यस्तो भव्य समारोहमा मेरै सामुन्ने यति मानिसलाई मग्न बनाउला भन्ने त कल्पनामा पनि थिएन,’ स्वास्थका कारण नेत्रज्योति गुमाउँदै गएका पुस्कल भावुक हुँदै भनिरहेका थिए, ‘वेम्बलीमा शनिबार इतिहास रचिएको छ। त्यो इतिहासको साक्षी बन्न पाउँदा म धन्य महसुस गर्दै छु।’

गायक अमृतले कन्सर्टमा गीत मात्र प्रस्तुत गरेनन्, गीत सङ्कलनको अनुभव सुनाए, नेपाली भाषा र संस्कृति जगेर्नाका लागि प्रेरित गरे, स्वदेशको महिमा बयान गर्दै बिदेसिएका तन्नेरीलाई स्वदेशसँग जोड्ने किसिमको आह्वान पनि गरे। ‘समाजका विषयमा मनमा लागेका कुरा बोलिरहँदा दर्शकबाट जहिले पनि उत्साहसाथ समर्थन पाउँदै आएको छु,’ अमृत भन्छन्, ‘लन्डनको यति ठूलो दर्शक घेराले तिनै कुरालाई चर्को आवाजसहित मन पराइदिँदा छाती सगरमाथाजस्तै अग्लो र बलियो भएको महसुस गरेँ।’

कन्सर्टको अर्को महत्त्वपूर्ण पक्ष दर्शकबाट आएको ‘वान्स मोर’ लाई ब्यान्डले अस्वीकार गर्न नसक्नु रह्यो। अन्तिम प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्पराजस्तै छ। तर शनिबार वेम्बलीमा दर्शकको अनुरोधलाई सम्मान गर्दै ब्यान्डले थप प्रस्तुतिका रूपमा ‘हिमाल चुचुरे’ सुनायो।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

‘विश्वप्रसिद्ध वेम्बलीमा नेपथ्यलाई उभ्याउने योजना १२ वर्षपहिले नै कोसेढुङ्गाका रूपमा सफल भइसकेको थियो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आज फेरि नेपथ्यले यसै हलबाट पुरानो मानकलाई छिचोलेको मात्र छैन, सम्भवतः नेपाली सङ्गीतकै इतिहासमा बन्द हलभित्र पहिलोपटक यति धेरै दर्शक जुटाउन सफल भएका छौँ।’

कन्सर्ट हेर्न लण्डन सहर भन्दा निकै परका दर्शक पनि आएका थिए। तिनमा नेदरल्यान्ड्सदेखि सपरिवार आएका विल्को पनि थिए।

हालै प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा मेडिकल फिजिसिस्ट विल्कोबारे उल्लेख छ। गायक अमृतको स्वर सुक्दै गएपछि घाँटीको उपचारमा उचित सल्लाह सुझाव दिनेमध्ये विल्को पनि एक हुन्। १२ वर्षअघि वेम्बलीमै कन्सर्ट सकिएपछि ब्याकस्टेजमा अमृतले आफ्नो घाँटीले साथ दिन छाडेको हृदयविदारक अभिव्यक्ति दिँदा दुवै पुराना साथी एकअर्कालाई हेरेर भावुक बनेका थिए।

‘तर यसपाला गजब भयो,’ शनिबारको कन्सर्ट हेरिसकेपछि विल्कोको प्रतिक्रिया थियो, ‘अमृतलाई उही पुरानै ऊर्जाका साथ मञ्चमा उफ्रँदै र नाच्दै गाइरहेको देख्दा खुसीको सीमा नै रहेन।’ विदेशमा बसोबास गर्दै आएका नेपालीलाई उनीहरूको दैलोसम्मै नेपाल लगिदिने अमृत र उनको टिमको योगदान प्रशंसनीय रहेको उनी बताउँछन्।

यसपटकको वेम्बली यात्रा बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले आयोजना गरेका हुन्। ‘शो हेर्ने १० हजार दर्शकका लागि आजको साँझ जीवनकै अविस्मरणीय बनेको छ,’ आयोजक टोलीका दीपेन्द्र लामाको प्रतिक्रिया थियो, ‘वेम्बलीमा नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्नुभएका सबैप्रति आभार प्रकट गर्छु।’

वेम्बली एरिनामा प्रस्तुतिलगत्तै नेपथ्य टोलीले अब युरोपको शृङ्खलाबद्ध यात्रा गर्दै छ। त्यस क्रममा अगस्त २३ मा डेनमार्कको राजधानी कोपेनहेगनमा नेपथ्य प्रस्तुत हुनेछ। त्यसपछि २७ तारिखमा माल्टाको आटार्ड, ३१ तारिखमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरमा प्रस्तुत भएर यात्रा टुङ्गिनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन
    अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने
    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

    २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

    अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
    • २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन
    • अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने
    • प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.