ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो
मुम्बई । यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।
अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र दर्शकहरू माझ ठूलो प्रतिक्षाको संकेत गर्दछ। यससँगै वारः २ ले प्रभास–फ्रन्टेड आदिपुरुष (१.१ मिलियन) पछि उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मको रेकर्ड बनाउन सफल भएको छ ।
समग्रमा, वारः २ का लागि बुक माई शोमामा एक मिलियन रुचि राख्ने १४ औं चलचित्र र १२ औं भारतीय चलचित्र हो । यसबाहेक यस्तो माइलस्टोनमा पुग्ने गैर–भारतीय फिल्महरू थिए, एभेन्जर्सः एन्डगेम (१.५७ मिलियन) र अवतारः फायर एन्ड ऐश (१.१० मिलियन) को रेकर्ड रहेको छ । कमल हासनको ‘एलसीयू’ फिल्म विक्रमले टिकटिङ प्लेटफर्ममा २.३ मिलियनको साथ सबैभन्दा बढी चासो राखेको फिल्म हो ।
‘वारः२’ पछिल्लो उदाहरण हो । र, यशराज फिल्मसको जासूस युनिभर्समा छैटौं फिल्म हो र यसले ऋतिक र जूनियर एनटिआर बीच उच्च तहको भिडन्त देखाउने गरेको छ । फिल्ममा कियारा आडवाणी, आशुतोष राणा र अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ ।
यदि बुक माइ शोमामा प्रि–रिलिजको चासो टिकट काटने ठाउँमा दर्शक गएमा यसको धमेकादार उदघाटन हुनेछ । यसैबीच, चलचित्रको अग्रिम बुकिङ खुलेको छ र रिलिज हुन २ दिनभन्दा बढी समय बाँकी रहेकाले अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको छ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

