नबिल बैंकको लाभांश क्षमता ५४.८७प्रतिशतले वृद्धि
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाउँदै १७.६४ प्रतिशत पुर्याएको छ। अघिल्लो आवको सोही अवधिमा यो क्षमता ११.३९ प्रतिशत मात्र थियो।
बैंकको वितरणयोग्य मुनाफा पनि ५४.८२ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि हो।
खुद ब्याज आम्दानी यस अवधिमा १६ अर्ब ३२ करोड रुपैयाँ भएको छ, अघिल्लो वर्षको सोही अवधिमा यो १६ अर्ब ३१ करोड रुपैयाँ थियो। बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोडबाट बढेर १८ अर्ब ६० करोड पुगेको छ भने सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड रुपैयाँ भएको छ।
रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको बैंकले निक्षेप संकलन १३.५३ प्रतिशतले बढाएर ५ खर्ब २४ अर्ब र कर्जा प्रवाह १०.४९ प्रतिशतले बढाएर ४ खर्ब १२ अर्ब पुर्याएको छ। इम्पेयरमेन्ट चार्ज ४ अर्ब ६३ करोडबाट घटेर २ अर्ब ३९ करोडमा सीमित भएको छ।
खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ भने कस्ट अफ फन्ड ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत भएको छ।
प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवमा २२.९० रुपैयाँ रहेकामा यस वर्ष २६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत कायम भएको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


