एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र सञ्चालन परिणाममा उल्लेखनीय सुधार देखाएको छ। असार मसान्तसम्म बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा भने ६४.४६ प्रतिशतले वृद्धि भई ५ अर्ब ३५ करोड ३ लाख ७ हजार रुपैयाँ भएको छ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.४० प्रतिशत रहेको जनाएको छ, जबकि अघिल्लो आवको सोही अवधिमा लाभांश क्षमता ऋणात्मक थियो।
बैंकको खराब कर्जा अनुपात ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ। हाल प्रति सेयर आम्दानी १५.१० रुपैयाँ र प्रति सेयर नेटवर्थ १७६.८१ रुपैयाँ रहेको छ।
१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सम्बन्धित समाचार
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


