२० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म देशका २० वटा वाणिज्य बैंकहरूले ७१ अर्ब ४५ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा यस अवधिसम्ममा बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको थियो।
उच्च नाफा आर्जन गर्ने बैंकहरू
असार मसान्तसम्म नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएर अग्रस्थानमा रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। नेपाल इन्भेष्ट मेगा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार, ग्लोबल आइएमई बैंकको १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार पुगेको छ। एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार पुगेको छ।
अन्य बैंकहरूको नाफा स्थिति
राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३,१८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार पुगेको छ।
सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५,८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार पुगेको छ।
नाफा घटेका बैंकहरू
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार र एनआईसी एशिया बैंकको नाफा ८५.५२ प्रतिशतले घटेर १० करोड १५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ।

सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

