Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, ३२
रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए । निवेदनमा अदालतले मागबमोजिमको आदेश दिए पनि उनको कारागार सरुवामा ढिलासुस्ती गरिएको भन्दै आलोचना भइरहेको थियो । कारागार विभागले हिजो लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स