जोय स्टोर र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट सुविधा
काठमाडौं । काठमाडौँ महानगरपालिका – २२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरूले आइफोनमा ५ प्रतिशत र म्याकबुक मा ५ प्रतिशत र २० प्रतिशत आइफोन र म्याकबुकका एशोसेरिजहरूमा छुट पाउने भएका छन र क्रेडिट कार्ड होल्डरहरूलाई किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।
सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक श्री गुरू दत्त शर्मा तथा प्रभु बैंक लि।का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


