सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको बिक्री आम्दानी पनि १७३.०१ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७५ करोड ५४ लाख रुपैयाँ थियो। अन्य आम्दानी १६ करोड १९ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष ५ करोड ९ लाख रुपैयाँ रहेको थियो।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम रहेको छ। हालसम्म कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन र ९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
