नेपालमा अत्याधुनिक प्रविधियुक्त टिसिएल सि७११० डब्लु डिजी वासर ड्रायर सार्वजनिक
काठमाडौँ । टिसिएल इलेक्ट्रोनिकले आफ्नो अत्याधुनिक सि७११० डब्लु डिजी फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको बताइएको छ। यो सबै-इन-वन (all-in-one) उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको जानकारी दिइएको छ।
आधुनिक जीवनशैलीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको टिसिएल सि७११० डब्लु डिजी ले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको छ, जसले सहज लुगा धुने अनुभव प्रदान गर्ने जनाइएको छ ।
प्रमुख विशेषताहरू:
• स्मार्ट डीडी मोटर (Smart DD Motor):सि७११० डब्लु डिजीको मुख्य भागमा यसको डाइरेक्ट-ड्राइभ इन्भर्टर मोटर रहेको छ। यो उन्नत प्रविधिले शान्त र अत्यधिक ऊर्जा-दक्ष प्रदर्शन सुनिश्चित गर्नुका साथै १० वर्षको वारेन्टीसहित उत्कृष्ट टिकाउपन प्रदान गर्दछ।
• हनीकम्ब ड्रम (Honeycomb Drum): विशेषरूपमा डिजाइन गरिएको यो ड्रमको अद्वितीय हनीकम्ब संरचनाले कपडालाई क्षति हुनबाट जोगाउँछ, जसले गर्दा तपाईंका लुगाहरू पटक-पटक धुँदा पनि नयाँझैँ रहन्छन्।
• दाग हटाउने (Stains Removal): यस मेसिनले सामान्य र हटाउन कठिन दागहरूलाई प्रभावकारी रूपमा सफा गर्न विशेष समाधानहरू प्रदान गर्दछ।
• एयर वास (Air Wash): यो नवीन प्रविधिले तातो हावा प्रयोग गरी पानी र डिटर्जेंटबिनै कपडालाई ताजा राख्ने, चाउरिन कम गर्ने रगन्ध हटाउने काम गर्दछ, जुन हल्का लगाएका कपडाहरूको लागि उपयुक्त छ।
• स्टीम वास (Steam Wash): यो मेसिनले सामान्य धुलाईभन्दा माथि उठेर काम गर्छ। यसमा रहेको स्टीम वास प्रणालीले बाफ प्रयोग गरी कपडाको भित्री भागसम्म पुगी ९९.९% सम्मका ब्याक्टेरिया र एलर्जी कारकहरूलाई हटाएर पूर्ण रूपमा स्वच्छ र स्वस्थ धुलाई सुनिश्चित गर्दछ।
• एन्टी-माइट्स (Anti-mites): स्वास्थ्यप्रति सचेत परिवारहरूको लागि यो एक महत्त्वपूर्ण सुविधा हो। यसको एन्टी-माइट्स चक्रले उच्च तापक्रमको प्रयोग गरी ओछ्यानका कपडाहरू र अन्य सामानहरूबाट माइटहरूलाई प्रभावकारी रूपमा हटाउँछ।
• रङ्गीन स्क्रिन (Color Screen): यो मेसिनमा स्पष्ट आइकनसहितको रङ्गीन र सहज स्क्रिन रहेको छ, जसले गर्दा प्रोग्रामहरू र टिङहरू छनोट गर्न र अनुकूल बनाउन निकै सजिलो हुन्छ।
टिसिएल सि७११० डब्लु डिजीले नेपालमा स्मार्ट, भरपर्दो र स्वास्थ्य–केन्द्रित घरायसी उपकरणको नयाँ स्तर प्रस्तुत गर्दै, यी प्रमुख विशेषताहरूमार्फत दैनिक कामलाई सहज बनाउँने बताइएको छ । यसले कपडाको उत्कृष्ट हेरचाहसँगै परिवारको स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै अद्वितीय धुलाई अनुभव प्रदान गर्ने जनाइएको छ।
टिसिएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टिसिएलले विश्वस्तरीय प्रविधि र “InspireGreatness” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

