जोशी हाइड्रोपावरको हकप्रद सेयर आवेदन अवधि थप
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ। कम्पनीले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासनमा ल्याएको थियो। तोकिएको अवधिभित्र मागअनुसार आवेदन नपरेपछि अब भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर ०.६५ कित्ता अनुपातमा चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। यसअनुसार कम्पनीले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्कासन गर्दै २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको पूँजी जुटाउने लक्ष्य राखेको छ।
यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। असार ५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनीको कार्यालय तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डमा सूचीकृत सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत पनि आवेदन दिन सकिनेछ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

