नेपाल एसबिआई बैंकका ग्राहकले थप चार संस्थाको सेवामा छुट पाउने सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
यसैगरी नेपाल एसबिआई बैंक लि. र होलिडे इन रिसोर्ट काठमाडौ बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५% सम्म छुट दिने सम्झौता भएको छ ।
साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स संग समेत दन्त उपचार सेवामा बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ ।
उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक, (बिक्री) बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टका बीच आदानप्रदान भएको थियो।
क्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

