दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै
नयाँ दिल्ली। दिल्ली–एनसीआरबाट आवारा कुकुर हटाउने वा नहटाउने भन्ने विषयमा सर्वोच्च अदालतले आज ठूलो फैसला सुनाउने भएको छ।
गत अगस्ट ११ मा दिएको आदेशमा अदालतले सडकमा घुम्ने छाडा कुकुरका लागि छुट्टै शेल्टर होम निर्माण गर्नुपर्ने आदेश दिएको थियो तर अदालतको यो आदेशपछि धेरै उजुरीहरू अदालतमा परेका छन् ।
यी याचिकाहरूको सुनुवाइ पछि गत अगस्त १४ मा सर्वोच्च अदालतको तीन न्यायाधीशको विशेष इजलासले आफ्नो निर्णय सुरक्षित राखेको थियो ।
सुनुवाइका क्रममा सोलिसिटर जनरल तुषार मेहताले सन् २०२४ मा करिब ३७.१५ लाख कुकुरको टोकाइका घटना दर्ता भएका अर्थात् प्रतिदिन १० हजारको संख्यामा रहेको बताएका थिए।
अदालतले गत अगस्त ११ मा दिएको फैसलाको पछि चर्को विरोध भएको थियो । अदालतको यस निर्णयको विरोधमा पशु प्रेमीहरूले दिल्लीको इन्डिया गेटमा मैनबत्ती मार्च पनि निकालेका थिए। अदालतले आफ्नो फैसला फिर्ता लिन पनि माग गरेको छ ।
अदालतमा जनताको बढ्दो उजुरीलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले यस मुद्दाको सुनुवाइका लागि तीन न्यायाधीशको नयाँ इजलास गठन गरेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
