• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ बैशाख २०८३, शुक्रबार
११ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
  • १४ घण्टा 

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
  • १६ घण्टा 

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
  • १६ घण्टा 

Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life
  • १८ घण्टा 

साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी
  • १८ घण्टा 

नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित
  • १८ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?
  • २० घण्टा 

रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • २. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ३. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ६. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ७. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ८. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ९. सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

  • १०. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

४० देशवाट तेल आयात गर्ने भारतले निर्यात चाँही कुन कुन देशमा गर्छ ? जान्नुहोस्

जानकारी केन्द्र २०८२, भाद्र, १४

नयाँ दिल्ली । रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् ।

भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै पनि देशलाई तेल किन्न बाध्य पार्न नसकिँने जनाइसकेको अवस्था छ ।

खासमा भारत विश्वको तेस्रो तेल आयातकर्ता र निर्यातकर्ता देश हो। तथ्याङ्कले देखाउँछ कि भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशतसम्म अन्य देशबाट आयात गर्छ। भारतले विश्वका ४० देशबाट तेल आयात गर्छ र त्यहाँबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थ उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रलाई टेवा पु¥याउन मद्दत गरेको छ।

भारतमा कच्चा तेलको उत्पादन निकै कम छ । देशका कतिपय ठाउँमा तेल पाइन्छ । जस्तो कि यसमा असम, पश्चिमी अपतटीय र राजस्थान, गुजरात, मुम्बई हाई र कृष्णा गोदावरी बेसिन समावेश छ। तर, भारतका धेरै भागमा तेलको ठूलो भण्डार रहेको अध्ययनले देखाएको छ । जसको खोजी अझै पनि भइ नै रहेको छ ।

भारतले तेल किन्ने विश्वका ४० देशमध्ये रुस शीर्ष स्थानमा छ । भारतले सन् २०२४ देखि रुससँग तेलको व्यापार बढाएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको डिसेम्बरमा रुस भारतलाई सबैभन्दा बढी तेल निर्यात गर्ने देश थियो । देशमा आयात हुने कच्चा तेलको करिब एक तिहाइ रुसबाट आएको थियो।

रूसबाट कच्चा तेलको आपूर्ति दर वार्षिक रूपमा २५ प्रतिशत बढेर ३.९२ बिलियन अमेरिकी डलर पुगेको छ। तथ्यांकअनुसार रुसबाट कच्चा तेल आयात गत वर्ष नोभेम्बरमा ३.६१ अर्ब डलरको तुलनामा ८ प्रतिशतले बढेर १०.५ अर्ब डलर पुगिसकेको छ । भारतले यस बाहेक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत, नाइजेरिया, मेक्सिको र ओमान,  ब्राजिल, क्यानडा, गुयाना र सुरिनामवाट भारतलाई तेल आयात गर्छ ।

अब प्रश्न उठ्छ कि भारतले ४० देशबाट कच्चा तेल आयात गरेपछि के गर्छ ? भारतले तेल कच्चा तेल आयात गरे पनि यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थको रूपमा अन्य देशलाई बिक्री गर्ने गर्छ। अर्थात् कच्चा तेल प्रशोधन र प्रशोधन गरेपछि अन्य देशमा निर्यात गर्छ ।

भारतले विश्वका धेरै देशलाई पेट्रोलियम पदार्थ निर्यात गर्छ। जसमा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्ड्स, अष्ट्रेलिया, युरोपेली देश र दक्षिण अफ्रिका पर्छन् । भारतबाट प्रशोधित तेल खरिद गर्नेमा युरोपेली देश शीर्ष स्थानमा रहेका छन्।

भारतले कच्चा तेललाई परिष्कृत गर्दछ र विभिन्न क्षेत्रमा प्रयोग हुने उत्पादनहरू तयार गर्दछ। यसमा उच्च गतिको डिजेल, पेट्रोल (मोटर स्पिरिट), इन्धन तेल, हवाई टर्बाइन इन्धन र मट्टितेल समावेश रहेका छन् । यी पेट्रोलियम उत्पादनहरू दैनिक जीवन र यातायातमा प्रयोग गरिन्छ। यसबाहेक, तिनीहरूले बिजुली उत्पादन, विमान, सैन्य वाहन र पनडुब्बीमा पनि प्रयोग भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

ताजा

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.