अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने
काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरिएको छ। अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार नेपाल पठाउन लागेको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको उडान नम्बर एन८२८एएक्स बाट उनीहरू काठमाडौं ल्याइनेछन्।
विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। त्यहाँ उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गएका थिए र दलालबाट ठगिए वा नठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।
प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये धेरैजना अवैध बाटो हुँदै अमेरिका पुगेका थिए। उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। मध्यपूर्व, युरोप र दक्षिण अमेरिकामार्ग हुँदै उनीहरूलाई उत्तरी अमेरिका पुर्याइएको अनुसन्धानमा खुलेको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

