अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने
काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरिएको छ। अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार नेपाल पठाउन लागेको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको उडान नम्बर एन८२८एएक्स बाट उनीहरू काठमाडौं ल्याइनेछन्।
विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। त्यहाँ उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गएका थिए र दलालबाट ठगिए वा नठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।
प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये धेरैजना अवैध बाटो हुँदै अमेरिका पुगेका थिए। उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। मध्यपूर्व, युरोप र दक्षिण अमेरिकामार्ग हुँदै उनीहरूलाई उत्तरी अमेरिका पुर्याइएको अनुसन्धानमा खुलेको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
