• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • ७ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ८ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १० घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • ११ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • ११ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १२ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १३ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • २. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ८. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ९. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • १०. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित

जानकारी केन्द्र २०८२, भाद्र, १८

मोरङ । पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।

जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् ।  लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ  भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ ।

यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् । जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।

विभिन्न पालिकाले यो रोग नियन्त्रणका लागी खोप कार्यक्रम सुरु गरे पनि प्रभावकारी रुपमा रोग नियन्त्रणमा नआउदा किसानहरु चिन्तित भएका छन् ।

यो रोगबाट कति पशु प्रभावित भए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । रोग फैलिएको दुई महिना भन्दा वडि समय हुदा पनि रोग नियन्त्रणमा नआउदा किसानमा त्रास फैलिएको पथरीका किसान विदुर आपागाई बताउछन् ।

पूर्वी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र लेटाङका र विराटनगर र बुढीगंगा गाँउ पालिकाका  किसानले पालेका गाईहरूमा लम्पी स्किन रोगको प्रकोप  देखिएको पशु प्राविधिकहरू बताउँछन् ।

३ वर्ष अघि यो रोग यिनै पालिकामा सवै भन्दा धेरै फैलिएको थियो । त्यस पछि विभिन्न पालिकाका पशुपन्छी शाखाले खोप कार्यक्रम सन्चालन गरेका थिए ।

कोशी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार कोशी प्रदेशको झापा र मोरङ्गका पालिकामा लम्पीको प्रकोप देखिएको र नियन्त्रणका लागी प्रयास भइरहेको छ ।

लम्पी रोग लागेपछि गाईले दूध दिन छोड्ने वा कम दिने गरेको पशु रोग चिकित्सकहरूको भनाइ छ ।  लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छ्र वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना,ठुला गिर्खा देखिने, गिर्खा घाउ बन्ने र घाउ फुटने, तरल पदार्थ बग्ने गरेका ती गाईमा १०५ डिग्रीभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घटने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने पशु पन्छी शाखा पथरीशनिश्चरेले जनाएको छ ।  । यो विशेष गरी गाईमा पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।

यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो । सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत हुँदै सन् २०१० मा बङ्गलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखा परेको र २०२१ वाट भने नेपालमा समेत देखा परेको थियो ।  मोरङ्ग जिल्लामा नेपालमै पहिलो पटक यो रोग देखापरेको पशुपन्छी रोग अन्वेषण केन्द्र विराटनगरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.