आज विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै
काठमाडौँ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने छन्।
साँझ ४:३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति रु. २०० तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ। यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको बताइएको छ।
कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गराउँदै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो।”
नेपाल क्रिकेट संघ (CAN) का अनुसार आगामी नेपाल प्रिमियर लिग (NPL) मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

