काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । यसअघि कांग्रेसबाट सरकारमा कृषिमन्त्री रहेका रामनाथ अधिकारीले राजीनामा दिएका थिए ।
डा. शेखर कोइरालाले नै आफू पक्षधर मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए । जेन जी पुस्ताको प्रदर्शनमा सरकारको दमन र बल प्रयोगको कारण १९ जना नागरिकको ज्यान गएको घट्नापछि पौडेलले राजीनामा दिएका हुन् ।