रवि लामिछाने आजै कारागार फर्किने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू आजै कारागार फर्किन लागेको बताएका छन् । आज आफ्नो जन्मदिन पनि परेको र सोही दिन जन्मदिनको उपहारस्वरुप आफूलाई कारागार पठाउन लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘संयोगले आज मेरो जन्मदिन पनि परेछ । म आफूलाई जन्मदिनको उपहारस्वरुप फेरि कारागार पठाउँदैछु ।’
पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर जिना हराम गराएको उनले बताएका छन् । अहिले देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेको बताउँदै उनले अब चाहिँ आफूमाथि अन्याय हुँदैन भन्ने आशासहित म कारागार जान लागेको बताएका छन् ।
आफूमाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन ? र सहकारीसँग साइनो नै नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति सुद्धीकरणसहितको सहकारी ठगीको मुद्दा लगाउनुपर्ने हो कि होइन भन्ने कुरा नयाँ सरकारको विवेकमाथि नै छोड्देको पनि उनले बताएका छन्।
उनले जेल जोगाउन आफूलाई भीडमा धकेलेर ‘रवि लामिछानेको कारणले देशभरीको कैदीबन्दी भागे’ भनेर बदनामी र मिडियाबाजी गरिएको बताए । ‘त्यतिबेला जेललाई भीडबाट जोगाउन चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको पनि सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो, त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन । जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताको नाममा कुनै कर्मचारीलाई अप्ठ्यारो पार्न म चाहन्न । मैले कालकूट विष पिएको धेरै भइसक्यो । अर्को एकदुई थोपा विष पिएर म मर्दिनँ । मलाई यस्ता आरोप, प्रतिशोधहरुको बानी परिसक्यो,’– उनले भनेका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

