बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि सोमबार दिउँसो ४ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आइतबार जानकारी दिएको हो।
कुल ५८ लाख ६० हजार कित्ता शेयरमध्ये सर्वसाधारणका लागि खुलेको ४३ लाख ४१ हजार ८० कित्ता शेयरमा २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका थिए। जसअनुसार २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको माग परेको थियो।
बाँडफाँटमा ४ लाख ३४ हजार १०८ जनाले १०र१० कित्ता शेयर पाउनेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको १० लाख ९५ हजार ४०० कित्ता शेयरको वितरण गरिसकेको छ। बाँकी सर्वसाधारणको हिस्सामा सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता, कर्मचारीलाई १ लाख ५८ हजार ८२० कित्ता सुरक्षित गरी बाँकी शेयर सार्वजनिक गरिएको थियो।
बन्दीपुर केवलकारलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको सङ्केत गर्छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
