काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।
मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
गाडी चालक भने प्रहरी देख्ने वित्तिकै फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।
हालैको जेन–जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करी पुनः सक्रिय गर्न खोजेको थियो। तर प्रहरीको सक्रियताले पक्राउ परेका छन्।

सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
