नेपाल टेलिकमको पोस्टपेड–प्रिपेड सेवा प्रभावित, हजारौं फोन ‘वान वे’
काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवामा बिहीबार बिहानदेखि गम्भीर समस्या देखिएको छ। बिलिङ प्रणालीमा देखिएको त्रुटिका कारण हजारौं प्रयोगकर्ताको ‘आउट गोइङ कल’ अवरुद्ध भएको छ।
टेलिकमका अनुसार समस्या मध्यरातदेखि सुरु भएको हो। अनलाइन चार्जिङ सिस्टममा समस्या आएपछि ब्यालेन्स भए पनि थुप्रै प्रयोगकर्ताको मोबाइलमा ‘वान वे’ (केवल इनकमिङ कल मात्र आउने) अवस्था देखिएको हो।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले समस्या समाधानको प्रयास गरिएको जानकारी दिँदै भने, “मध्यरातदेखि बिलिङ प्रणालीमा समस्या देखिएको हो। अहिले समस्या समाधान भइसकेको छ, थप काम भइरहेको छ।”
टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार प्रत्येक महिनाको १५ तारिखमा पोस्टपेड प्रयोगकर्ताको बिलिङ हुने प्रक्रिया सञ्चालन भइरहँदा प्रणालीमा गडबडी आएको हो। करिब ८ घण्टा लामो यो समस्याका कारण हजारौं ग्राहक प्रभावित भएका छन्। सामाजिक सञ्जालमा टेलिकमको सेवाप्रति प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका छन्।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
