पुनर्निर्माण कोषमा सहयोग गर्न कुलमान घिसिङको आह्वान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री कुलमान घिसिङले भौतिक क्षतिपछि देशको पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा योगदान दिन सबैलाई आह्वान गरेका छन्।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट “पुनर्निर्माण कोष” स्थापना गर्दै आर्थिक, भौतिक र संरचनागत पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको थियो। कोष सञ्चालन तथा समन्वयका लागि अर्थमन्त्रीको अध्यक्षतामा “पुनर्निर्माण समिति” समेत गठन गरिएको छ।
मन्त्री घिसिङले समितिले चाँडै पुनर्निर्माणको विस्तृत कार्ययोजना स्वीकृत गरेर काम सुरु गर्ने जानकारी दिएका छन्। “भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको छ,” मन्त्री घिसिङले भने, “अहिलेको प्राथमिकता आर्थिक पुनरुत्थान र स्थायीत्वतर्फको यात्रा हो। त्यसका लागि पुनर्निर्माण कोषमार्फत साझा प्रयास आवश्यक छ।”
सरकारको पहलसँगै निजी क्षेत्र, दातृ निकाय, उद्योगी, व्यवसायी, नागरिक समाज तथा आम नागरिकलाई कोषमा सक्दो सहयोग गर्न मन्त्री घिसिङले अपिल गरेका छन्। उनको भनाइमा, पुनर्निर्माण कोष केवल क्षतिको भरपाईका लागि मात्र नभई भविष्यमा यस्ता संकटहरूप्रति संस्थागत तयारी र प्रतिकार्य प्रणाली निर्माणको आधार पनि बन्नेछ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

