अब डिभी लट्री आवेदनका लागि १ डलर शुल्क अनिवार्य
काठमाडौं । अमेरिकी डिभी (डाइभर्सिटी भिसा) लट्री आवेदन अब निःशुल्क रहने छैन। अमेरिकी विदेश मन्त्रालयले डिभी आवेदन फारम भर्दा सबै आवेदकले १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने निर्णय गरेको छ। अमेरिकाको फेडरल रजिष्टरले सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार, धोखाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमाझ बाँड्ने उद्देश्यले यो शुल्क लागू गर्न लागिएको हो।
यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरको सुरुवातबाट खुल्नेछ।नयाँ शुल्कका साथसाथै डिभी आवेदनका लागि पहिलेदेखि लागू रहेको पासपोर्ट अनिवार्यताको नियम यथावत राखिएको छ। साथै, डिभी लट्री परेपछि अन्तर्वार्ता प्रक्रियाका क्रममा तिर्नुपर्ने ३३० अमेरिकी डलर भिसा शुल्क पनि यथावत रहनेछ।
आवेदन शुल्क कसरी तिर्ने?
अमेरिकी विदेश मन्त्रालयले डिभी लट्री आवेदन शुल्क तिर्ने तरिका, भुक्तानी पोर्टल, र नियम लागू हुने देशबारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ। यद्यपि हाल उपलब्ध जानकारीअनुसार आवेदन फारम अनलाइन भर्दा नै भुक्तानी अप्सन खुल्नेछ। शुल्क तिरेपछि मात्र फारम सबमिट गर्न सकिनेछ।
डिजिटल भुक्तानीका लागि भिसा, मास्टर कार्ड, पेपल, अमेरिकन एक्सप्रेस लगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गर्न सकिनेछ। नेपालमा विशेषगरी भिसा, मास्टर कार्डहरू सर्वाधिक प्रचलित र भरपर्दा मानिन्छन्, जुन विभिन्न वाणिज्य बैंकमार्फत उपलब्ध छन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
