विदेश अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत ३२ अर्बभन्दा बढी रकम बाहिरियो
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीमार्फत ठूलो मात्रामा वैदेशिक मुद्राको बाहिरिनु जारी छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्मको विवरणअनुसार, भदौ महिनामा मात्र नेपाली विद्यार्थीहरूले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको २८ अर्ब २० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च पनि वृद्धि भएको छ। भ्रमण खर्च ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४३ अर्ब १८ करोड थियो। त्यस्तै, समीक्षा अवधिमा खुद सेवा आयमा ३१ अर्ब १६ करोड रुपैयाँको घाटा देखिएको छ। गत वर्षको यही अवधिमा यो घाटा २७ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।
तर, सेवा खातामार्फत नेपाल आउने भ्रमण आय भने ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा भ्रमण आय १० अर्ब ५५ करोड थियो।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
