भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन चालु आवको कुल वार्षिक लक्ष्यको १६.९० प्रतिशत हो।
कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार पहिलो त्रैमासिकका लागि ८७ करोड १० लाख २८ हजार रुपैयाँ लक्ष्य राखिएको थियो, जसको ८६.४२ प्रतिशत मात्र प्राप्त भएको हो।
त्रैमासिक अवधिमा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर (VAT) बाट ३१ करोड नौ लाख २४ हजार, र अन्तःशुल्कबाट १८ करोड ६९ लाख ५२ हजार रुपैयाँ सङ्कलन गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कार्यालयले ६९ करोड २८ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। यस हिसाबले यो वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि देखिएको छ।
प्रमुख कर अधिकृत थापाले राजस्व लक्ष्य हासिल गर्न बजार अनुगमन र निगरानीलाई सशक्त बनाइने र करदातामैत्री व्यवहार अपनाइने बताए। उनले करदातालाई अत्यधिक दबाब नदिई व्यावहारिक कर शिक्षा तथा सहजीकरण कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी पनि दिए।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

