काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले यो रकम अल्पकालीन निक्षेप संकलन उपकरणमार्फत ४२ दिनका लागि संकलन गर्ने योजना बनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने संख्यामा आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया अनलाइन बिडिङमार्फत आज दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
राष्ट्र बैंकले यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी मंसिर २१ गते गर्ने जनाएको छ। यस संकलनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।




